चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 303 of 1153
  • 2026-11-22
  • 12:57:41
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अनेरास्ववियुद्वारा ‘टियु डिक्लरेसन’ सहित विभिन्न १३ बुँदे प्रस्ताव पारित

काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय सचिवालय बैठकले विभिन्न १३ बुँदे प्रस्ताव पारित गरेको छ। अध्यक्ष दीपक धामीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अनेरास्ववियु ‘टियु डिक्लरेसन’ जारी गर्दै समसामयिक विभिन्न १३ बुँदे प्रस्ताव पारित गरेको हो। बैठकपछि अध्यक्ष धामीले जारी गरेको विज्ञप्तिमा नेपालको शैक्षिक सुधार, जनजीविका, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलनका प्रेरक शक्ति विद्यार्थी सङ्गठनमाथि सरकारले गर्न खोजेको निषेधको निर्णयलाई बैठकले खारेज गरेको जनाएको उल्लेख छ। ‘एकातर्फ नेपालका मौलिक राजनीतिक शक्तिलाई खारेजी र निषेध गर्ने अर्कोतर्फ विदेशी काउन्सिलहरूलाई खुल्ला छाड्ने सरकारी रवैयाको यो बैठक घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ। साथै अनेरास्ववियुले जनताको बलीदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मौलिक हकहरूमाथि सरकार पक्षबाट देखा पर्न खोजेका प्रतिगमनकारी कदमको दृढ प्रतिकार गर्न सबै प्रगतिशील जनवादी विद्यार्थीहरूलाई गोलबद्ध गराउँदै लोकतन्त्रको पक्षमा सशक्त अभियानहरू सञ्चालन गर्ने जनाएको छ।

News by अनेरास्ववियुद्वारा ‘टियु डिक्लरेसन’ सहित विभिन्न १३ बुँदे प्रस्ताव पारित :