चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1110
  • 2026-10-09
  • 14:57:43
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

शाखा अधिकृतको लिखित नतिजा सार्वजनिक, आगामी चरणका लागि कागजात बुझाउनुपर्ने

काठमाडौँ– लोक सेवा आयोगले शाखा अधिकृत पदको लिखित परीक्षामा उत्तीर्ण भई आगामी चरणका परीक्षाका लागि छनोट भएका उम्मेदवारलाई आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ। आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले बिहीबार सूचना जारी गर्दै लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगका अनुसार लिखित परीक्षाबाट सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारले आगामी प्रक्रियामा सहभागी हुन शैक्षिक योग्यताका प्रमाणपत्रसहित आवश्यक कागजात बुझाउनुपर्नेछ। आयोगले तोकेको प्रक्रियाअनुसार आवश्यक कागजात पेस गरेपछि उम्मेदवारहरू छनोट प्रक्रियाको आगामी चरणमा सहभागी हुन सक्नेछन्।  

News by शाखा अधिकृतको लिखित नतिजा सार्वजनिक, आगामी चरणका लागि कागजात बुझाउनुपर्ने :