नेपालका लागि भारतको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग घोषणा - Chaitanya News
  • 2026-11-23
  • 14:25:07
  • सोमबार,मंसिर ०८, २०८३
  • नेपालका लागि भारतको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग घोषणा

    नेपालका लागि भारतको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग घोषणा

    काठमाडौँ — भारतले नेपालमा विकास निर्माण तथा विभिन्न विकास परियोजनालाई सहयोग पुर्‍याउने उद्देश्यसहित २४ हजार करोडको सहयोग प्याकेज घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि उक्त विकास सहयोग प्याकेज घोषणा गरेका हुन्।

    दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि आयोजित संयुक्त प्रेस ब्रिफिङका क्रममा मोदीले नेपाललाई २४ हजार करोडको सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्।

    भारतीय रुपैयाँमा घोषणा गरिएको उक्त सहयोग नेपाली मुद्रामा करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबर हुन्छ।

    भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि मोदीले नेपालका लागि सहयोग प्याकेज सार्वजनिक गरेका हुन्।

    भारतको यो घोषणालाई नेपालसँगको विकास सहकार्यसँग जोडिएको महत्वपूर्ण विषयका रूपमा हेरिएको छ। यद्यपि, सहयोग प्याकेज कुन–कुन क्षेत्रमा खर्च हुनेछ, यसको कार्यान्वयन प्रक्रिया कस्तो हुनेछ र रकम उपलब्ध गराउने समयसीमा के रहनेछ भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।