चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 12 of 1152
  • 2026-11-21
  • 12:55:43
  • शनिबार,मंसिर ०६, २०८३

About Author

कोप–३१ मा नेपालको जलवायु एजेन्डा अघि बढाउँदै मन्त्री चौधरी, हिमाली मुद्दालाई प्राथमिकता दिन जोड

काठमाडौँ — जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप–३१ को अन्तिम दस्ताबेजमा हिमालसम्बन्धी विषय समेट्न आग्रह गरेकी छन्। टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सम्हालेपछि मन्त्री चौधरीले अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनसँग औपचारिक भेटवार्ता गर्दै नेपालको जलवायु प्राथमिकताबारे छलफल गरेकी हुन्। नोभेम्बर १४ देखि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी मन्त्री चौधरीले भेटका क्रममा मुख्यतः महासागर संरक्षण, हिमाली मुद्दाको प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यका विषय उठाएकी थिइन्। उनले कोप सम्मेलनको छलफलमा महासागरसम्बन्धी मुद्दालाई थप महत्त्व दिनुपर्ने धारणा राख्दै नेपाल, किर्गिस्तान र भुटानको सहकार्यमा हिमाली एजेन्डालाई पनि प्राथमिकताका साथ अघि बढाउन आग्रह गरिन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका असर र चुनौतीलाई अन्तर्राष्ट्रिय जलवायु वार्ता तथा निर्णय प्रक्रियामा पर्याप्त स्थान दिनुपर्ने उनको जोड थियो। हिमाली मुद्दालाई निष्कर्षमा पुर्‍याउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले कोप–३१ को अन्तिम दस्ताबेजमा समेत हिमालसम्बन्धी विषय समावेश गर्न आग्रह गरिन्। विश्वव्यापी जलवायु छलफलमा विभिन्न विषयले प्राथमिकता पाउँदा पर्वतीय क्षेत्रका समस्या ओझेलमा पर्न नहुने मन्त्री चौधरीको भनाइ थियो। हिमाली क्षेत्रको संरक्षण र त्यहाँका चुनौतीको सम्बोधनलाई अन्तर्राष्ट्रिय समुदायले साझा जिम्मेवारीका रूपमा लिनुपर्ने उनको धारणा रहेको छ। भेटका क्रममा मन्त्री चौधरीले उठाएका विषयप्रति कोप अध्यक्षले सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालले कोप–३१ मार्फत हिमाली क्षेत्रका जलवायु जोखिम, महासागर संरक्षण र पर्वतीय मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको केन्द्रमा पुर्‍याउने प्रयास गरिरहेको छ।

News by कोप–३१ मा नेपालको जलवायु एजेन्डा अघि बढाउँदै मन्त्री चौधरी, हिमाली मुद्दालाई प्राथमिकता दिन जोड :