चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 850 of 1153
  • 2026-11-22
  • 15:20:50
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौँ -  नेपालमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज (मंगलबार) दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । आज राति कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

News by चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी :