परशुराममा दुई महिना पनि टिकेनन् प्रमुख प्रशासकीय अधिकृत - Chaitanya News
  • 2026-06-22
  • 21:34:22
  • सोमबार,आषाढ ०८, २०८३
  • परशुराममा दुई महिना पनि टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

    परशुराममा दुई महिना पनि टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

    डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद अर्यालको सरुवा भएको छ।

    नगरपालिकामा हाजिर भएको दुई महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालको सरुवा भएको हो। उनी गत फागुन ३० गते नगरपालिकामा हाजिर भएका थिए।

    अर्यालको स्थानमा आइतबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलले खडानन्द खत्रीलाई खटाएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलमा कार्यरत उपसचिव खत्री परशुरामको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउने भएका हुन्। जुम्ला घर भएका खत्री हालै उपसचिव बनेका थिए।