चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी - Chaitanya News
  • 2026-06-22
  • 23:29:34
  • सोमबार,आषाढ ०८, २०८३
  • चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

    चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

    काठमाडौँ –  नेपालमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    आज (मंगलबार) दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    देशका तराई भू–भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । आज राति कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।