काठमाडौं- सोमबार सेयर बजारको परिसूचक नेप्से १८३३ अंकमा झरेको छ। अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १६.९३ अंक घटेको हो। कुल ८२ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन ६० करोड ८१ लाख रुपैयाँको धितोपत्र कारोबार भएको थियो।
३४ कम्पनीको मूल्य बढ्दा १८१ कम्पनीको घट्यो भने ६ को स्थिर रहृयो। सबै उपसमूहका सूचक झरेका छन्। बैंकिङ ६, विकास बैंक १३, फाइनान्स १८, होटल तथा पर्यटन ८४, जलविद्युत् ४३, जीवन बीमा १२१, उत्पादन ३०, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा १०६, अन्य ८ र व्यापार उपसमूह १२ अंक घटे।
विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत तथा आत्मनिर्भर लघुवित्तको ६ प्रतिशत बढ्यो। इस्टर्न हाइड्रोको सबैभन्दा धेरै १० प्रतिशत मूल्य घट्यो भने शिवश्री हाइड्रोको ६ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रो, हिमालयन डिस्टिलरी, तारागाउा रिजेन्सी र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे।