चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 839 of 1153
  • 2026-11-22
  • 15:58:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा लगियाे

नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ। काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट हिजो साँझ पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो। उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएदेखि नै उनी फरार रहेका थिए।

News by टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा लगियाे :