चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 801 of 1153
  • 2026-11-22
  • 18:42:51
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सभापति देउवाले फेरी प्रधानमन्त्री बन्ने आश गर्नुहुँदैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र अब भविष्यमा प्रधानमन्त्री बन्ने लोभ नगर्न पनि आग्रह गरेका हुन्। ‘अब सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टीमा पुस्तान्तरण गर्नुपर्छ। यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु हुँदैन। उहाँ पाँच–पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ। अब प्रधानमन्त्रीमा फेरि आश गर्नुहुँदैन। अरू जो सुकै बने पनि हुन्छ।’, थापाले भने।    

News by सभापति देउवाले फेरी प्रधानमन्त्री बन्ने आश गर्नुहुँदैन : गगन थापा :