पारदर्शिता प्रवद्र्धन मार्फत सुशासनका लागि योगदान गर्न सूचनाको हकले कस्तो भूमिका खेल्न सक्छ? नेपालको संविधानमा सूचनाको हक सुनिश्चित गर्न भएका व्यवस्था बारे समीक्षा गर्नुहोस्।
– शासकीय क्रियाकलापमा आमनागरिकको सहभागिता विस्तार गरी अपनत्व विस्तार गर्ने काम सुशासन हो। यसलाई धेरै आयाम र अर्थबाट लिने गरिएता पनि सरल अर्थमा सार्वजनिक क्रियाकलापमा पारदर्शिता, मौद्रिक मूल्य सार्थकता, स्वच्छता, सदाचार, जवाफदेहिता, उचित प्रक्रिया रहनुले सुशासन प्राप्त हुन्छ।
– सरकारका कामका सम्वन्धमा अपनाइने कार्यविधि, निर्णय, वजेट र खर्च सम्बन्धी क्रियाकलाप सम्वद्ध व्यक्तिलाई जानकारी दिनु पारदर्शिता हो। सूचना पारदर्शिताको आधार हो।
– सूचनाको हकले सर्वसाधारणलाई आफ्ना सन्दर्भमा राज्य र सावर्ज निक निकायले के गरिरहेका छन् भन्ने जानकारी प्राप्त हुन्छ।
– सूचना उपलव्ध नभएसम्म नागरिक आफ्नो चाहना र सामथ्र्य अनुरुपको व्यवहार गर्न सक्तैन।
– राज्य जति खला हुन्छ, त्यति नै लोकतन्त्र जनस्तरमा पुग्छ। त्यसैले पारदर्शी राज्य प्रणाली नै सुशासनको जग हो।
– राज्यको प्रभावकारिताका लागि नीति, निर्णयमा जनताको सहभागीता र सहयोग चाहिन्छ। यसका लागि सूचना पहलो आधार हो।
– सूचना हक सम्बन्धी कानूनले सुशासनका लागि गर्ने योगदान :
– नगरिकहहरूको मौलिक हकको संरक्षण, अवसरको उपयोग र जोखिम सावधानीका लागि जानकारीको उपलव्धता।
– सूचनामार्फत सर्वसाधारण सार्वजनिक निकायबाट सम्पादित कामको जानकारी राख्ने हैसियतमा पुग्छन्।
– प्रत्येक नागरिक शासन प्रक्रियामा आफ्नो मत जनाउने आधार बनाउछ।
– राज्य सञ्चालन गर्न मत (जनादेश) र कर (स्रोत) दुवै दिएकाले त्यसको सदुपयोग भयो कि भएन भन्ने जान्ने अवसर पाउछन्।
– सूचना हक माफर्त सार्वभौम नागरिक राज्य सञ्चालना हरेक कार्यमा जानकारी राख्न र सहभागी हुन सक्छन्।
– सार्वजनिक निकायको काम कार्वाही खुला, पारदर्शी, जवाफदेही गराउन दवाव दिने आधार सूचना हकले दिन्छ।
– सार्वजनिक निकायलाई Self correction सूचना हकले आधार दिन्छ।
– नागरिक र सरकार अन्तरक्रिया गर्ने आधार भनेकै सूचना र जानकारी हो। सूचना हकले राज्यको बैधानिकता पनि पुष्टि गर्दछ।
– लोकतन्त्रमा जनता मालिक हुन्। लोकतान्त्रिक पद्धतिको विकास र सम्वद्र्धन सूचना संस्कृतिमा नैरहको हुन्छ। त्यसैलेसूचना हक लोकतन्त्रकोपर्यायका रूपमा रहको छ।
– नेपालको संविधानले सूचना हकलाई मौलिक हकको रुपमा स्थापित गरेको छ। धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि विषयको सूचना माग्ने र पाउने हक प्रत्याभूत गरेको छ।
– संविधानका प्रावधान त्यसै कार्यान्वयन हँदैनन्, सूचनाको हक सुनिश्चित गर्न राज्यलाई निर्देश गरेको छ।
– संवैधानिक हकलाई प्रत्याभूत गर्न सूचना हक सम्बन्धी ऐन, २०६४ लागू गरिएको। ऐनका प्रमुख उद्देश्यहरुः
1. राज्यको काम कार्वाहीलाई लोकतान्त्रिक मान्यता अनुरुप खुला र पारदर्शी बनाउने।
2. राज्यलाई नागरिकप्रति जिम्मेवार र जवाफदेही बनाउने।
3. सार्वजनिक सूचनामा आम नागरिकको सहज पहूच स्थापना गर्ने।
4. संवेदनशील सूचनाको संरक्षण गर्ने।
5. नागरिक सुसूचित हुने हक प्रचलनमा ल्याउने।
– नागरिक सरोकारका महत्वपूर्ण सूचनाहरु आवधिक रुपमा स्वत प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएका छन्।
– सूचनाको हक कार्यान्वयन गर्ने दायित्व सार्वजनिक निकायको हो र सो उपलव्ध नगाएमा उपचारको हक र उपलव्ध नगारउने पदाधिकारीलाई कार्वाहीको व्यवस्था छ।
– राष्टिय सूचना आयोगले प्रत्येक बर्ष सूचना पारदशिर्त ाको परीक्षण गर्ने, सार्वजनिक निकायमा सूचना संस्कृतिको विकासका लागि सहजीकरण र निगरानी गर्ने कार्य गर्दै आएको छ।
– अन्य क्षेत्रगत कानूनले पनि सूचना र पारदर्शिताको भावनालाई आत्मसात गरेका छन्।
– तर संविधान र कानूनले गरेको व्यवस्थाका वावजुद सूचनाको हक कार्यान्वयनमा यी व्यवाहारिक कमजोरी रहको देखिन्छः
1. गोपनीयताको हक र सूचना अधिकारबीच सन्तुलन छैन।
2. सूचना आयोगको सीमित सक्रियता।
3. कार्यालयहरुमा सूचना संस्कृति सम्बन्धी समस्या
4. गोप्यता हाम्रो योग्यता बनेको छ।
5. सूचना प्रवाह गरेको, जनताको मन जितेको आधारमा मूल्यांकन हुदैन।
6. कार्यालयगत विकृति र भ्रष्टाचारलाई ढाकछोप गर्ने पनि कार्यालय संस्कृति छ।
7. सूचना अधिकारीलेआशय अनुरुपकोकाम गरेका छनै न्।
8. सरकारी निकाय र म प सम्मका निर्णयहरु सार्वजनिक गर्ने प्रचलन छैन।
9. आम सञ्चार कि आग्रही छ वा कि अपूर्ण छ, खोजपूर्ण र व्यावसायिक आमसञ्चार छैन, सरकारी सञ्चार माध्यम सरकारको स्तुति गाउछ, अरु आलोचनामा रमाउछन्।
10. नागरिक शिक्षा र सचेतनाको कमी छ।
– उल्लिखित कमजोरी हटाउन कानूनी पूर्णता, सूचना संस्कृतिको अभिमुखीकरण, पारदर्शिता परीक्षणको प्रभावकारी व्यवस्था र नागरिकसमाजको सक्रियता आवश्य देखिन्छ।
(लोक सेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयोगी रहेको छ ।)
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100