काठमाडौँ– राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ।
आज (शुक्रबार) बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए।
मन्त्री पौडेलले पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ।