चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 488 of 1153
  • 2026-11-23
  • 08:48:35
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सन् २०२५ मा नेपालबाट १५ लाख २३ हजार नेपाली विदेशिए

काठमाडौँ– सन् २०२५ मा नेपालबाट १५ लाख बढी नेपाली विदेशिएका छन्। सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १५ लाख २३ हजार नेपाली विदेशिएका वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन्। सोही अवधिमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ। विदेशी नागरिकहरू अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन्। नेपालको अध्यागमनले विदेशी नागरिकहरूलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ। यस्तै, नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन्।

News by सन् २०२५ मा नेपालबाट १५ लाख २३ हजार नेपाली विदेशिए :