तीन जना सहसचिव पदमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-11-21
  • 17:56:35
  • शनिबार,मंसिर ०६, २०८३
  • तीन जना सहसचिव पदमा बढुवा सिफारिस

    तीन जना सहसचिव पदमा बढुवा सिफारिस

    काठमाडौँ– तीन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आज (बिहीवार) सचिवालयले तिन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा सिफारिस गर्न लागेको हो।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी रिक्त सहसचिव पदमा कार्यक्षमताको आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो।

    बढुवा समितिको बुधबारको निर्णयअनुसार नेपाल विविध सेवा, सूचना प्रविधि विज्ञ समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत उम्मेदवार मनिष भट्टराई, र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत रमेश प्रसाद मैनाली र हरि प्रसाद अर्याललाई बढुवाका लागि सिफारिस गरिएको हो।