चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1028 of 1166
  • 2026-11-29
  • 11:41:37
  • आइतबार,मंसिर १४, २०८३

About Author

कोरोना रोकथामका लागि भारतमा कडाइ, यस्तो छ मोदी सरकारको निर्णय

काठमाडौं– कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको बेला भारतमा कडाइ गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले विभिन्न ५ देशबाट आउन चाहने यात्रुलाई अनिवार्य आरटी–पीसीआर गर्ने नियम लागू गरेको छ। यस्ता देशमा चीन, जापान, साउथ कोरिया, सिंगापुर, थाइल्यान्ड रहेका छन्। केन्द्रीय स्वास्थ्यमन्त्री डा. मनसुख मन्डावियाले १ जनवरीदेखि कडाइ गर्ने मापदण्ड लागू गरिएको जानकारी दिए । भारत आउनेले यात्रा गर्नुअघि पीसीआर रिपोर्ट प्रविष्ट गर्नुपर्नेछ। भारतमा अन्तर्राष्ट्रिय उडानबाट आउने २ प्रतिशत यात्रुमा नमूना परीक्षण हुँदै आएको छ। पछिल्ला केही दिनयता चीन, जापान लगायत देशमा कोरोना बढ्दै गएपछि भारतले कडाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नमूना परीक्षणमा १५० यात्रुमध्ये १ जनामा कोरोना पोजेटिभ पाइने गरेको जनाइएको छ। भारतमा जनवरीदेखि कोरोना बढ्नसक्ने अनुमान गरिएको छ। आगामी केही दिन भारतका लागि कठिन हुनसक्ने अनुमान भारतीय सञ्चारमाध्यममा उल्लेख छ।  

News by कोरोना रोकथामका लागि भारतमा कडाइ, यस्तो छ मोदी सरकारको निर्णय :