चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1155
  • 2026-11-23
  • 15:26:26
  • सोमबार,मंसिर ०८, २०८३

About Author

भारतको पूर्वाधार विकास गुरुयोजनाबारे प्रधानमन्त्री शाहलाई मोदीको जानकारी

काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको पूर्वाधार तथा यातायात सञ्जाल विकासका लागि अघि बढाइएको ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराएका छन्। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न भएपछि नयाँ दिल्लीस्थित हैदराबाद हाउसको विद्या हलमा आयोजित कार्यक्रममा मोदीले उक्त योजनाको अवधारणा, उद्देश्य र कार्यान्वयन प्रक्रियाबारे जानकारी दिएका हुन्। सन् २०२१ मा प्रधानमन्त्री मोदीले सुरु गरेको प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकासमा केन्द्रित योजना हो। यसअन्तर्गत सडक, रेलमार्ग, जलमार्ग, विमानस्थललगायत यातायात पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। योजनाले वस्तु तथा यात्रुको आवागमनलाई सहज बनाउनुका साथै पूर्वाधार आयोजनाको निर्माण र कार्यान्वयनमा देखिने समन्वयसम्बन्धी समस्या कम गर्ने उद्देश्य राखेको छ। यस गुरुयोजनामार्फत भारतका विभिन्न मन्त्रालय तथा सरकारी निकायबीच समन्वय कायम गरी पूर्वाधार विकासका योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई योजनाको विभिन्न पक्षबारे जानकारी गराएका हुन्। यद्यपि, उक्त प्रस्तुतिका क्रममा भएका थप छलफल वा नेपालले योजनाबाट लिन सक्ने सम्भावित लाभबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

News by भारतको पूर्वाधार विकास गुरुयोजनाबारे प्रधानमन्त्री शाहलाई मोदीको जानकारी :