चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 966 of 1163
  • 2026-11-27
  • 09:43:02
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवा अवरुद्ध

काठमाडौँ– नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा समस्या आउँदा सेवा अवरुद्ध भएको छ। यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो। नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबैखाले सेवा अवरुद्ध बनेको छ। टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो। टेलिकमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसबारे जानकार नभएको जानकारी दिए। तर, टेलिकमको सिमबाट टेलिकम र अन्य कम्पनीको सिममा फोन गर्दा सम्पर्क नभएको भन्छ। यस्तै, फोन नै नलागी उठेन र व्यस्त छ भन्ने जवाफ आइरहेको छ। अन्य कम्पनीबाट टेलिकमको सिममा फोन गर्दा समेत समस्या देखाइरहेको छ।  

News by नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवा अवरुद्ध :