नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवा अवरुद्ध - Chaitanya News
  • 2026-11-20
  • 17:11:14
  • शुक्रबार,मंसिर ०५, २०८३
  • नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवा अवरुद्ध

    नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवा अवरुद्ध

    काठमाडौँ– नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा समस्या आउँदा सेवा अवरुद्ध भएको छ। यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो। नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबैखाले सेवा अवरुद्ध बनेको छ।

    टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो। टेलिकमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसबारे जानकार नभएको जानकारी दिए। तर, टेलिकमको सिमबाट टेलिकम र अन्य कम्पनीको सिममा फोन गर्दा सम्पर्क नभएको भन्छ।

    यस्तै, फोन नै नलागी उठेन र व्यस्त छ भन्ने जवाफ आइरहेको छ। अन्य कम्पनीबाट टेलिकमको सिममा फोन गर्दा समेत समस्या देखाइरहेको छ।