एमालेको राष्ट्रपति भए देश बर्बाद हुन्छ: अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-05-15
  • 14:06:38
  • शुक्रबार,जेठ ०१, २०८३
  • एमालेको राष्ट्रपति भए देश बर्बाद हुन्छ: अध्यक्ष नेपाल

    एमालेको राष्ट्रपति भए  देश बर्बाद हुन्छ: अध्यक्ष नेपाल

    पोखरा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको राष्ट्रपति भए देश बर्बाद हुने जिकिर गरेका छन्।

    ‘सभामुख अहिले नेकपा एमालेको छ। राष्ट्रियसभा अध्यक्ष पनि एमालेकै छ। राष्ट्रपति पनि दिए बर्बाद हुन्छ’, उनले भने।

    बुधबार बिहान पोखरामा भएको पत्रकार सम्मलेनमा बोल्दै उनले राजनीतिक सन्तुलन मिलाउनुपर्नेमा जाेड दिए।

    ‘सन्तुलन मिलाइयो भने गलत प्रवृत्ति जन्मिन हुर्किन पाउँदैन। जन्मिहालेको छ भने हुर्किन पाउँदैन। जन्मेकै छैन भने जन्मिन पनि पाउँदैन’, अध्यक्ष नेपालले भने।

    उनले संविधानको रक्षा गर्न सक्ने मान्छे राष्ट्रपति हुनुपर्ने बताए। ‘संविधानको रक्षा गर्न सक्ने मान्छे चाहियो, परिवर्तनको रक्षा गर्न सक्ने मान्छे चाहियो। त्यस्तो पात्र को हुन सक्छ? खोजी जारी छ’, अध्यक्ष नेपालको भनाइ छ।

    एकीकृत समाजवादीले हावा तालमा राष्ट्रपतिमा उम्मेदवारी नदिने उनको दावी छ। जिते पनि हारे पनि राष्ट्रपतिमा उम्मेदवारी नदिने उनले दोहोर्‍याए।

    ‘हामी उम्मेदवारी जिते पनि हारे पनि दिँदैनौँ। सहमति नभएसम्म हामी दिँदैनौँ। कोही- कोही हुन्छन् जिते पनि हारे पनि उम्मेदवारी खडा हुन्छन्। हाम्रो पार्टीले जिते पनि हारे पनि उम्मेदवारी दिने छैन’, अध्यक्ष नेपालले भने।

    उनले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञासमेत दिए।