चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1089 of 1158
  • 2026-11-24
  • 18:48:50
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

चितवनमा एक हजार जना भन्दा बढी डेंगु संक्रमण, दुई जनाको मृत्यु

चितवन– जिल्लामा एक हजार २६ जनामा डेंगुको संक्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो। ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन्। दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। उनका अनुसार डेंगुका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ। जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेंगु संक्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ। यस्तै राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेङ्गु देखिएको हो। संक्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन्। चार सय ६ पुरुष र दुई सय ८७ महिलामा डेङ्गु देखिएको कार्यालयले जनाएको छ। रासस

News by चितवनमा एक हजार जना भन्दा बढी डेंगु संक्रमण, दुई जनाको मृत्यु :