चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1075 of 1158
  • 2026-11-24
  • 20:12:35
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। आइतबार फेसबुकमार्फत देउवाले नेपाली संस्कृतिको क्षेत्रमा गरेको जोशीको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरेका छन्। १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको बिहान निधन भएको हो। ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहनेछ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’उनले भनेका छन्। जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि। सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मेका हुन्। नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षणमा लागेका उनलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो। उनले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक वि। सं। २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे। उनले सुप्रबल गोर्खा दक्षिणबाहुलगायत धेरै पुरस्कार र सम्मान समेत पाएका छन्। २०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’सम्मान दिएको थियो।

News by जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहन्छ : प्रधानमन्त्री देउवा :