चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1065 of 1158
  • 2026-11-24
  • 21:07:22
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

गृहजिल्लामा प्रधानमन्त्रीको व्यस्तता : आज पनि दुई चुनावी सभामा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पनि गृहजिल्लामा दुई चुनावी सभामा सम्बोधन गर्दै छन्। बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। ​ देउवा चुनावी कार्यक्रममै व्यस्त रहेकाले काठमाडौं फकिने समय तय भइनसकेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। देउवा गत बुधबार मात्र धनगढी हुँदै बिहीबार डडेलधुरा पुगेका थिए। उनले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्क तथा शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा सम्बोधन गरेका थिए। उनले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभा सम्बोधन गरेका थिए। ​देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा विजयी भएका थिए। उनले २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि चुनाव जितेका थिए।  

News by गृहजिल्लामा प्रधानमन्त्रीको व्यस्तता : आज पनि दुई चुनावी सभामा सम्बोधन गर्दै :