एलन मस्कले स्वामित्व लिएपछि ट्वीटरले ७ हजार ५०० कर्मचारीमध्ये हटायो आधा कर्मचारी - Chaitanya News
  • 2026-04-25
  • 13:09:04
  • शनिबार,बैशाख १२, २०८३
  • एलन मस्कले स्वामित्व लिएपछि ट्वीटरले ७ हजार ५०० कर्मचारीमध्ये हटायो आधा कर्मचारी

    एलन मस्कले स्वामित्व लिएपछि ट्वीटरले ७ हजार ५०० कर्मचारीमध्ये हटायो आधा कर्मचारी

    काठमाडौं– एलन मस्कले लिएपछि ट्वीटरले आधा कर्मचारी हटाएको छ। मस्क मालिक भएपछि ट्वीटरले आफ्ना ७ हजार ५०० कर्मचारीमध्ये आधालाई हटाएको हो।

    कम्पनीले ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए।

    यसअघि ट्वीटरका एक मात्र निर्देशक र सीईओ हटाएर मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जालमा काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्। मस्कले अक्टोबर २८ मा ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका थिए।