वाम गठबन्धनले निर्वाचनपछि पनि निरन्तरता पाउँछ : देउवा - Chaitanya News
  • 2026-08-09
  • 22:34:53
  • आइतबार,साउन २४, २०८३
  • वाम गठबन्धनले निर्वाचनपछि पनि निरन्तरता पाउँछ : देउवा

    वाम गठबन्धनले निर्वाचनपछि पनि निरन्तरता पाउँछ : देउवा

    डडेलधुरा– प्रधानमन्त्री एवं नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक वाम गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहने बताएका छन्।

    निर्वाचन प्रचारका क्रममा गृह जिल्ला डडेलधुरा पुगेका सभापति देउवाले पत्रकारहरूसँगको कुराकानीमा अहिलेको गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउने बताएका हुन्।

    उनले अहिले एकता चुनावी एकता मात्र नभएको स्पष्ट पारे। देश र जनताको आवश्यकता र संविधानको रक्षाका लागि पनि गठबन्धन अपरिहार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

    प्रधानमन्त्री देउवाले दलहरुबीचको सहमती र सहकार्यको राजनीतिलाई अझ बलियो बनाउदै लैजाने बताएका छन्। छिमेकी मित्र राष्ट्रसँगको सम्वन्धलाई पनि नयाँ उचाइमा पुर्‍याउन आफूहरू प्रतिवद्ध रहेको उनले बताए।