काठमाडौ– शनिबार बिहान सात नबज्दै भेटघाटका लागि डडेलधुराबासी रातो गुराँसमा जम्मा हुन थालिसकेका थिए। प्रधानमन्त्री देउवाका अङ्गरक्षकबाट उनीहरुको नाम लेख्ने काम भयो। साढे सात बजेबाट टिपिएको नाम बोलाएर क्रमशः भानु देउवासँग भेटघाट सुरु भयो।
यही बीचमा माओवादी केन्द्रीय सुदूर पश्चिम इन्चार्ज तथा डडेलधुरा प्रदेश (क)का उम्मेदवार खगराज रातो गुराँसमा आइपुगे। उपस्थपित सबैलाई नमस्कार गरेर गठबन्धनका साझा उम्मेदवार भट्ट कुर्सीमा बसे। हामी पनि उनी बसेको ठाउँमा पुग्यौँ। भट्टका वरिपरि चार जना पनि कुर्सीमा बसेका थिए।
खगराजसँग बसेकाहरू मन्दिरमा दर्शन गरेर रातो गुराँस आएका रहेछन्। मन्दिरमा एउटा देउताको दर्शन गरेर आएको भन्दै खगराजसँग भेट्नुलाई दोस्रो देउतासँग भेटका रुपमा ठट्टा गरे। ठट्टा गर्ने थिए, भोजराज भट्ट। उनले भने, अहिलेसम्म दुई वटा देउताको दर्शन भयो। अब एउटा देउताको बाँकी छ।
उनले दर्शन गर्न बाँकी रहेको देउता भनेर प्रधानमन्त्री देउवालाई भनेको सोझै बुझिन्थ्यो। त्यसपछि खगराजले आफ्नो कुरा राख्न सुरु गरे। खगराजले भने, ुरुखसँग गहिरो सम्बन्ध रहेछ। दुई ठाउँमै मैले यश पटक रुखमै मत हाल्न्या हुँ। प्रतिनिधपसभामा देउवालाई र प्रदेशसभामा गोविन्द बोहरालाई मत दिन्छु। त्यसपछि उनी देउवाको प्रशंसा गर्दै लामै गफिए। उनको वरिपरि बसेका काँग्रेस कार्यकर्ताले देउवापछि डडेल्धुरामा तपाईं नै हो भनेर थप माहोल गरम बनाए।
त्यसपछि देउवालाई भेटाउन कार्यकर्ता लगेर खगराज देउवा बसेको ठाउँतिर लागे। यहीबीचमा स्वतन्त्र उम्मेदवार सागर ढकाल रातो गुराँसमा आइपुगे। अनि जानीनजानी डडेल्धुराको भाषामा देउवा भेट्न कुरिरहेकाहरुसँग मत माग्न थाले। अब साथीलाई होइन नातिलाई भोट दिनुपर्यो। देउवाजीलाई सम्मान गर्न्या हो। उनको सालिक बनाउन्या हो। मु मेरै पैसाले देउवाको सालिक बनाउला। अब देश बनाउन मलाई मत दिनु पढ्या हो सागरले भने।
यसै बीचमा एक जनाले आफ्नो गाउबो नाम पनि भन्न आग्रह गरे। तर सागरले आफ्नो ठेगाना नभनेर त्यहाँबाट हिँडे। उनी हिँडिसकेपछि कर्ण देउवाले भोट त आफ्नालाई दिने हो भनेर मुख खोले। ८स्४५ बजेसम्म रातो गुराँसमा कांग्रेस र माओवादी कार्यकर्ता आउने करम रोकिएको थिएन। यही बीचमा कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद पनि आइपुगे। रातोपाटीसँग गलिरहेका सागरले साउदलाई नमस्कार गरे।
आफूलाई मत दिन सागरले पनि आग्रह गरे। साथै सागरले साउदसँग फोटो खिच्ने इच्छा राखे। साउनले पनि सागरको इच्छा पूरा गरिदिए। फोटो खिच्दा पनि म तपाईंको नाति छोरालाई मत दिनु परे भनेर पुनः आग्रह गरे। जवाफमा साउदले सबैको पालो आउने भन्दै धैर्यता गर्न भने।
सागर र साउदबीचको भलाकुसारी नसकिँदै कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार गोविन्द बोहरा आइपुगे। साउन र बोहरासहितको टोली देउवा बसेको ठाउँतिर लाग्यो। हामीले सागरलाई रातो गुराँसमा किन आएको भनेर प्रश्न सोध्यो। उनले देउवालाई भेट्न आएको जवाफ दिए।
१० बजे देउवासँग भेट्ने समय लिएको सागरले बताए। त्यसपछि सागर आफ्नो भोट माग्ने कर्मतिर लागे। युवा पुस्तासँग उनी गफिए। युवा पुस्ताबाट पनि सागरको पक्षमा मत आएन। नरेन्द्र भट्टले काँग्रेस जिल्ला सभापति साउदकै शब्द सापटी लिएर सागरलाई हतार नगर्न सुझाए। उनले भने,ुसागरको मुद्दामा दम छ। तर प्रधानमन्त्रीले चुनाव जित्नेमा दुविधा छैन। प्रदेशमा प्रतिस्पर्धा हुन सक्छ।
त्यसपछि नरेन्द्र भट्ट र मानप्रसाद जोशीबीच गफगाफ सुरु भयो। उनीहरूबीच सागरले ल्याउने मतबीच गलफती चल्यो। सागरले एक हजारसम्म मत ल्याउने भट्टले तर्क गरे भने जोशी निकै खुम्चिए। सागरले एक समय मत मात्र ल्याउने जोशीको भनाइ आयो। उनीहरू पनि छुटिए। तर रातो गुराँसमा भीड बड्दै गयो। बिस्तारै सागरमाथि कांग्रेस कार्यकर्ता खनिए। यहाँ आएर मत मागेको र पर्चा बाँडेकोमा विरोध भयो। त्यसपछि सागरले मत माग्न र पर्चा बाँड्न रोके।
यता देउवासँग भेट्न नपाइको भन्दै केहीले आक्रोश पोखे। दुर्गादत्त पाण्डेले भने, हामीलाई काठमाडौंमा पनि भट्न दिँदैन। ढाँका टोली डल्काने यही डालुहरु। यहाँ पनि यी नै भेट्छन्। हामीलाई भेट्न दिँदैन। २०४८ सालदेखि कांग्रेस कार्यकर्ता बताउने पाण्डे देउवासँग कुरा राख्न नपाएको गुनासो गर्छन्। देउवालाई भेट्न विहान सात बजेबाट कुरिरहेका अन्यको पनि गुनासो यस्तै छ। अहिले पनि देउवासँग भेटघाट चलिरहेको छ। देउवाले आज १२.३० बजे अजयमेरू र ३ बजे रुपालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि रातो गुराँसमै देउवाले भेटघाट गर्ने कार्यक्रम छ।