चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 4 of 1152
  • 2026-11-22
  • 11:42:53
  • आइतबार,मंसिर ०७, २०८३

About Author

निर्वाचनमा एकजुट भएर लाग्ने एमालेको संकल्प, २१ बुँदे प्रस्ताव पारित

काठमाडौं– आगामी निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको भेलाले २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने अठोटसमेत गरेको छ। भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीलाई प्रशिक्षण दिएका थिए। करिब ३ हजार ४१४ प्रतिनिधिको सहभागिता रहेको भेलामा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक विषय समेटिएको २१ बुँदे संकल्प प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गरेका थिए । भेलाबाट पारित प्रस्तावलाई प्रचार विभागले एकीकृत गरी सार्वजनिक गर्ने तयारी गरेको छ। भेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको पक्षमा सक्रिय हुन निर्देशन दिएका छन्। राष्ट्रिय भेला सम्पन्न भएपछि सहभागी प्रतिनिधि तथा नेताहरू खानामा सहभागी भएका छन्। खानापछि केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। केन्द्रीय कमिटी बैठकमा बाँकी रहेका केही नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ।

News by निर्वाचनमा एकजुट भएर लाग्ने एमालेको संकल्प, २१ बुँदे प्रस्ताव पारित :