चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 175 of 1153
  • 2026-11-23
  • 04:36:32
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पछिल्लो तीन महिनामा ३ हजार २९६ विपद्का घटना हुँदा १६० जनाको मृत्यु

काठमाडौँ– पछिल्लो तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन्। भने १६० जनाको मृत्यु छ। वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन्। यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, सबैभन्दा बढी ८९७ आगलागीका घटना भएका तथा तिनमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्। उक्त अवधिमा सर्प दंशका ५१४ घटना भएका त्यसबाट ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन्। त्यसैगरी, हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु भएको ६८ जना घाइते तथा एक हजार ३५६ परिवार प्रभावित भएका जनाइएको छ। पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन्। चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन् जनाउँदै प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका उल्लेख छ। यसैगरी, बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन्। भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन्। त्यसैगरी, लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अझै अस्वस्थ छन्। ढुंगा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ। तीन महिनामा वन डढेलोका १९१ घटना भएका, त्यसमा एक जनाको मृत्यु र दुई जना घाइते भएका जनाइएको छ। हिउँ पहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।

News by पछिल्लो तीन महिनामा ३ हजार २९६ विपद्का घटना हुँदा १६० जनाको मृत्यु :