चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 63 of 1112
  • 2026-10-12
  • 13:28:16
  • सोमबार,आश्विन २६, २०८३

About Author

भोटेकोशी बाढी अपडेटः १ हजार १२७ शव फेला, ४ हजार ८५८ जना अझै सम्पर्कविहीन

काठमाडौँ– गत (बुधबार) रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। आज बिहान ८ः०० बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा परेका १ हजार १२७ शव फेला परेको छ। फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्। यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गहरू समेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। ९११ जनाको पहिचान अझै खुल्न सकेको छैन । बाढीमा परेर बेपत्ता हुनेहरूको संख्या निकै ठूलो रहेको छ। प्रहरीको तथ्याङ्क अनुसार कुल ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्। यसबाहेक १ हजार ३५० जनाको बारेमा फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ।

News by भोटेकोशी बाढी अपडेटः १ हजार १२७ शव फेला, ४ हजार ८५८ जना अझै सम्पर्कविहीन :