चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1086 of 1113
  • 2026-10-12
  • 23:37:55
  • सोमबार,आश्विन २६, २०८३

About Author

राष्ट्रपतिलाई भेट्न नेपाली कांग्रेस पदाधिकारी शीतल निवास जाँदै

काठमाडौं– नागरिकता विधेयकलाई लिएर सरकार र राष्ट्रपतिबीच द्वन्द्व सुरु भएको छ। संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म होल्ड गरी फिर्ता पठाएपछि सरकार र शीतल निवासबीच दूरी बढेको हो। नागरिकता विधेयककै विषयमा छलफल नेपाली कांग्रेसको पदाधिकारी टोली आज राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जाँदैछ। प्रधानमन्त्री एवं कांग्रे सभापति शेरबहादुर देउवा नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितको टोली सोमबार दिउँसो २ बजे शीतल निवास जान लागेको हो। बालुवाटार स्रोतका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ। नागरिकता विधेयककै कारण निर्वाचनको माहोल नबढेको निष्कर्षसहित कांग्रेसले राष्ट्रपतिलाई भेटेरै यसबारे छलफल गर्न लागेको हो । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो। यसअघि राष्ट्रपति भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीसँग शीतल निवासमा छलफल गरेकी थिइन्। राष्ट्रपतिले नागरिकता विधेयकमा आफ्नो कुनै स्वार्थ नरहेको जनाउँदै आफूले संविधानअनुसार विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको स्पष्ट पारेकी थिइन्।

News by राष्ट्रपतिलाई भेट्न नेपाली कांग्रेस पदाधिकारी शीतल निवास जाँदै :