चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-23
  • 04:21:53
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चैतन्य शाखा अधिकृत वधाई तथा शुभकामना कार्यक्रम २५औं शृखंला समुद्घाटन

काठमाडौँ — लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गरी विभिन्न सेवा समूहअन्तर्गत शाखा अधिकृत पदमा सिफारिस भएका उम्मेदवारलाई चैतन्य एकेडेमीले सम्मान तथा बधाई ज्ञापन गरेको छ। काठमाडौँको शङ्खमुलस्थित एकेडेमीले आइतबार विशेष समारोह आयोजना गरी सफल उम्मेदवारलाई खादा, माला र टीका लगाएर सम्मान गरेको हो। एकेडेमीले विगत १३ वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको बधाई तथा शुभकामना कार्यक्रमको यो २५औँ शृङ्खला हो। कार्यक्रममा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वसचिव गोपीनाथ मैनाली, पूर्वसहसचिव प्रतीक ढकाल, उपसचिव भिम रिजाल , विजयकुमार शर्मा, हरिचन्द्र जोशी, भुवन भट्ट, विष्णु प्रवा सापकोटा, डा. चिन्तामणी नाथ योगि, प्रशिक्षक समिता लामिछाने, हेमन्त ढंगाना तथा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले सफल उम्मेदवारलाई सम्मान गर्दै बधाई तथा शुभकामना दिएका थिए। चैतन्यले खरिदारदेखि सहसचिवसम्म लोकसेवा आयोगबाट विभिन्न पदमा सिफारिस हुने उम्मेदवारलाई लक्षित गरी लामो समयदेखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै निरन्तरताअन्तर्गत शाखा अधिकृतमा सिफारिस भएका उम्मेदवारलाई सम्मान गरिएको एकेडेमीले जनाएको छ। कार्यक्रममा सहभागी सफल अधिकृतहरूले आफ्नो सफलता र तयारी यात्रामा चैतन्य एकेडेमीको महत्वपूर्ण योगदान रहेको बताए। एकेडेमीको व्यवस्थित शिक्षण पद्धति, गुणस्तरीय तयारी कक्षा र अनुभवी प्रशिक्षकको मार्गदर्शनले प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन सहयोग पुगेको उनीहरूको भनाइ थियो। उनीहरूले चैतन्यले व्यावसायिक शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत योगदान गर्दै आएको भन्दै प्रशंसा गरे। तयारीका क्रममा परीक्षामा सोधिने प्रश्नको उत्तर लेख्ने सीप मात्र नभई सार्वजनिक प्रशासनका सैद्धान्तिक तथा व्यावहारिक पक्षलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म बुझ्ने अवसर प्राप्त भएको उनीहरूले बताए। लोकसेवा तयारीका अतिरिक्त चैतन्यले सहसचिव, उपसचिव, शाखा अधिकृत, स्वास्थ्य सेवा, शिक्षक सेवा, प्रहरी सेवा तथा बैंकिङलगायतका क्षेत्रमा जनशक्ति विकास र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले नीति निर्माण र सङ्गठनात्मक विकासका क्षेत्रमा समेत विगत एक दशकदेखि काम गर्दै आएको जनाएको छ। कार्यक्रममा चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले सफल उम्मेदवारहरूलाई बधाई दिँदै उनीहरूको सफलताले एकेडेमीको शैक्षिक गुणस्तर र विश्वासलाई अझ उचाइमा पुर्‍याएको बताए। उनले आगामी दिनमा पनि योग्य, सक्षम र नैतिकवान् जनशक्ति उत्पादनका लागि एकेडेमीले गुणस्तरीय प्रशिक्षण र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले नवनियुक्त अधिकृतहरूलाई सार्वजनिक प्रशासनको छवि उँचो बनाउने गरी जिम्मेवारी निर्वाह गर्न सुझाव दिए। उनले भावी पुस्ताका प्रशासकहरू नैतिकवान्, चरित्रवान् र उच्च जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशासनिक अनुभवसमेत साझा गरेका थिए। त्यसैगरी, पूर्वसचिव गोपीनाथ मैनालीले सार्वजनिक प्रशासन नागरिकको भरोसाको केन्द्र भएकाले कानुनी दायराभित्र रहेर नतिजामुखी र पारदर्शी कार्यसम्पादन गर्न नवनियुक्त अधिकृतहरूलाई आग्रह गरे। उनले प्रशासनिक क्षेत्रमा आउने जटिलतालाई धैर्यता र विवेकपूर्ण निर्णय क्षमताले समाधान गर्नुपर्नेमा जोड दिए। पूर्वसहसचिव प्रतीक ढकालले निजामती सेवा प्रवेशलाई केवल जागिरका रूपमा मात्र नलिई राष्ट्र सेवाको सुनौलो अवसरका रूपमा उपयोग गर्न सुझाव दिए। उनले बदलँदो समयअनुसार प्रविधिमैत्री, सिर्जनशील र अध्ययनशील बन्दै सेवाग्राहीको मन जित्ने गरी काम गर्न प्रेरित गरे। त्यसैगरी, नेपाल सरकारका सचिव विजय शर्माले निजामती सेवामा नैतिकता, निष्ठा, उच्च मनोबल र जिम्मेवारीबोधलाई प्राथमिकता दिनुपर्ने बताए। पद र जिम्मेवारी प्राप्त गरेपछि घमण्ड नगरी सबै नागरिकलाई समान दृष्टिकोणले हेरेर सेवा प्रवाह गर्न उनले सुझाव दिए। चैतन्य एकेडेमीले राष्ट्रका प्राथमिकताका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्मेलनसमेत आयोजना गर्दै आएको छ। त्यस्तै, कोरोना महामारीपछि लोकसेवा परीक्षाको तयारी गरिरहेका उम्मेदवारलाई लक्षित गरी प्रत्येक शनिबार निःशुल्क कक्षा सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ। आर्थिक रूपमा कमजोर विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको चैतन्यले शैक्षिक उपलब्धिसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रमा समेटेको छ। कार्यक्रममा १३० जना भन्दा बढी शाखा अधिकृतहरुको सहभागिता रहेको थियो। हर्नूहोस् तस्बिरहरु:

News by चैतन्य शाखा अधिकृत वधाई तथा शुभकामना कार्यक्रम २५औं शृखंला समुद्घाटन :