चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 190 of 1164
  • 2026-11-27
  • 13:14:26
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

आज एकै दिन तीन संसदीय समितिको बैठक बस्दै,के छ कार्यसूची ?

काठमाडौँ– आज (बुधबार) एकै दिन तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छन्। जसअनुसार, ८ः३० बजे अर्थ समितिको बैठक बस्दैछ । बैैठकमा नेपाल धितोपत्र बोर्डसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची छ। यस्तै, आव २०८२–८३ मा नेपाल धितोपत्र बोर्डबाट गरेका मुख्य(मुख्य कामकारबाही सम्बन्धमा, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका प्रयास एवं उपलब्धिहरूका विषयमा छलफल हुने कार्यसूची तय भएको छ। यसैगरी, बिहान ८ बजे बस्नेछ। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र उपभोक्तामा परेको प्रभावका सम्बन्धमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ८ः३० बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

News by आज एकै दिन तीन संसदीय समितिको बैठक बस्दै,के छ कार्यसूची ? :