बीउबिजन पहिलो संशोधन नियमावली२०८३ स्वीकृत - Chaitanya News
  • 2026-08-28
  • 22:11:01
  • शुक्रबार,भाद्र १२, २०८३
  • बीउबिजन पहिलो संशोधन नियमावली२०८३ स्वीकृत

    बीउबिजन पहिलो संशोधन नियमावली२०८३ स्वीकृत

    काठमाडौँ– बीउबिजनसम्बन्धी कानुनी व्यवस्थालाई परिमार्जन गर्ने उद्देश्यसहित बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत भएको छ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषि क्षेत्रसँग सम्बन्धित बीउबिजन व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उक्त संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो।

    नियमावली संशोधनसँगै बीउको गुणस्तर, व्यवस्थापन तथा नियमनसम्बन्धी प्रक्रियामा आवश्यक सुधार हुने अपेक्षा गरिएको छ। सरकारको निर्णयपछि संशोधित व्यवस्था कार्यान्वयनमा आउनेछ।