आज एकै दिन तीन संसदीय समितिको बैठक बस्दै,के छ कार्यसूची ? - Chaitanya News
  • 2026-07-15
  • 10:27:48
  • बुधबार,आषाढ ३१, २०८३
  • आज एकै दिन तीन संसदीय समितिको बैठक बस्दै,के छ कार्यसूची ?

    आज एकै दिन तीन संसदीय समितिको बैठक बस्दै,के छ कार्यसूची ?

    काठमाडौँ– आज (बुधबार) एकै दिन तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छन्। जसअनुसार, ८ः३० बजे अर्थ समितिको बैठक बस्दैछ । बैैठकमा नेपाल धितोपत्र बोर्डसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची छ।

    यस्तै, आव २०८२–८३ मा नेपाल धितोपत्र बोर्डबाट गरेका मुख्य(मुख्य कामकारबाही सम्बन्धमा, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका प्रयास एवं उपलब्धिहरूका विषयमा छलफल हुने कार्यसूची तय भएको छ।

    यसैगरी, बिहान ८ बजे बस्नेछ। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र उपभोक्तामा परेको प्रभावका सम्बन्धमा छलफल हुनेछ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ८ः३० बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।