चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1035 of 1152
  • 2026-11-22
  • 08:38:38
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा सार्वजनिक , पहिलो दल बन्यो कांग्रेस

काठमाडौं- यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम दोलखाको सार्वजनिक भएको छ । सोमबार बिहान दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा आएको हो । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१८ मतान्तरले हराउँदै नेकपा माओवादी केन्द्रका गंगा कार्की प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन्। योसँगै प्रतिनिधिसभा प्रत्यक्षतर्फका सबै सिटको टुंगो लागेको छ। निर्वाचन आयोेगका अनुसार सबैभन्दा धेरै ५७ सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ भने दोस्रो स्थानमा नेकपा एमाले छ। उसले ४४ क्षेत्रमा विजय हासिल गरेको छ। यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ सिट हात पारेको छ। यसैगरी चौथो स्थानमा रहेर नेकपा एकीकृत समाजवादीले १० क्षेत्रमा जितेको छ। जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ सिट ल्याएका छन्। आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा विजय प्राप्त गरेको छ। यस्तै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बराबर १ सिट जितेका छन् भने यसपटकको चुनावमा ५ जना स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा सदस्य बनेका छन्। अब प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम नतिजा आउन बाँकी छ। यही मंसिर ४ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन भएको थियो। प्रदेशसभातर्फ पनि सबै परिणाम सार्वजनिक भइसकेको आयोगले जनाएको छ।

News by प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा सार्वजनिक , पहिलो दल बन्यो कांग्रेस :