चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1107
  • 2026-10-07
  • 19:41:25
  • बुधबार,आश्विन २१, २०८३

About Author

कांग्रेस महाधिवेशनमा प्रतिवेदन पारित गर्ने तयारी, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा विभिन्न प्रतिवेदनमाथिको छलफल टुंग्याएर आज पारित गर्ने तयारी गरिएको छ । बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । गत सोमबारदेखि जारी छलफलमा महाधिवेशन प्रतिनिधिहरूले चारवटै प्रतिवेदनमाथि धारणा राख्दै आएका छन् । छलफलमा सात प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य सुरेशराज आचार्यले जानकारी दिए । उनका अनुसार आज बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुनेछ । छलफल सकिएपछि प्रस्तुत प्रतिवेदनहरू पारित गर्ने कार्यतालिका रहेको छ । बन्द सत्रपछि भोलिको कार्यक्रमको प्रारम्भमा सभापति थापाले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको आचार्यले बताए ।

News by कांग्रेस महाधिवेशनमा प्रतिवेदन पारित गर्ने तयारी, सभापति थापाले सम्बोधन गर्ने :