चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 959 of 1153
  • 2026-11-23
  • 05:14:22
  • आइतबार,मंसिर ०७, २०८३

About Author

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै , यस्तो छ भ्रमणको तालिका

काठमाडौं – तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव बिनय मोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन्। सोमबार र मंगलबार उनले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शिर्ष नेतालाई भेटने कार्यक्रम तय भएको छ। सोमबार बिहान १०ः३० मा काठमाडौं उत्रने भारतीय विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन। सो छलफलपछि पराराष्ट सचिव पौडेलले उनको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रममा सहभागी हुनेछन्। पराराष्ट सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री बिमला राईसँग द्वि–पक्षिय भेटघाट गर्नेछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन। सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। उनी त्यसका लागि बालकोट जानेछन्। विदेश सचिव क्ववत्राले मंगलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको छ।

News by भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै , यस्तो छ भ्रमणको तालिका :