चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 151 of 1153
  • 2026-11-22
  • 13:33:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज एकै दिन सङ्घीय संसद्‌मा ९ विधेयक दर्ता

काठमाडौँ– सरकारले आज (शुक्रबार) सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता भएका छन् । साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता भएका हुन्। दर्ता भएका विधेयकहरूमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा दर्ता गरिएका हुन्। सरकारले यसै आर्थिक वर्षभित्र १६६ वटा विधेयक संसद्मा पुर्‍याउने लक्ष्य राखेको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले ९ विधेयक बिहीबार सचिवालयमा आएको, केही बिहीबार नै र केही शुक्रबार दर्ता भएको जानकारी दिए। प्रवक्ता गिरीका अनुसार प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३, कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएका छन्। सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभामा दर्ता भएका छन्। सरकारले कानुन निर्माणलाई प्राथमिकतामा राख्दै संसद्लाई पर्याप्त बिजनेस दिने रणनीति अन्तर्गत ती विधेयक एकै पटक सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव दलबहादुर अधिकारीले जानकारी दिए। विधेयकहरू अब बस्ने संसद्का बैठकमा पेस हुनेछन्। कानुन मन्त्रालयका अनुसार, विभिन्न मन्त्रालयहरूसँगको समन्वयमा थप विधेयकहरू पनि मस्यौदा प्रक्रियामा रहेका छन्। आगामी दिनमा ती विधेयकहरू पनि क्रमशः दर्ता गरिने प्रवक्ता अधिकारीले बताए।  

News by आज एकै दिन सङ्घीय संसद्‌मा ९ विधेयक दर्ता :