चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1070 of 1160
  • 2026-11-25
  • 19:10:08
  • बुधबार,मंसिर १०, २०८३

About Author

निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने

काठमाडौं- नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो। कांग्रेस पूर्वउपसभापति एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र समन्वय समितिहरूलाई प्रभावकारी बनाउने निर्णय भएको छ। उनले पाँच दलबीच भएको गठबन्धनलाई सफल बनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए। निर्वाचन लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने र सबै जिल्लामा गठबन्धनका उम्मेदवार, नेता, कार्यकर्ताबीच समन्वय गर्न केन्द्रबाट प्रतिनिधिहरू पठाउने श्रेष्ठले बताए। उनले कांग्रेस र गठबन्धनमा आबद्ध दलबीच भएको सहमति कार्यान्वयन गर्नका लागि पार्टीका सबै तहका संयन्त्रलाई परिचालन गरिएको बताए। उनले समितिको सचिवालयसहित विभिन्न उपसमितिलाई अझै प्रभावकारी बनाउने बताए।

News by निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने :