१) नेपालमा सर्वप्रथम तत्कालीन शिक्षा तथा समाज कल्याण मन्त्रालयमा महिला शिक्षा परियोजना इकाईको स्थापना कहिले गरिएको थियो ?
(A) वि.सं. २०२९ (B) वि.सं.२०३० (C) वि.सं.२०३३ (D) वि.सं.२०३५
२) खड्ग निशान अड्डाको स्थापना कसको पालामा भएको हो ?
(A) मोहन शमशेर (B) चन्द्र शमशेर (C) जुद्ध शमशेर (D) वीर शमशेर
३) तलका भनाईहरुका बारेमा विचार गर्नुहोस् ।
(१) नागरिक वडापत्रको अवधारणा ल्याउने व्यक्ति बेलायतका प्रधानमन्त्री जोन मेजर हुन् ।
(२) बजेट प्रक्रियामा लैंगिक सरोकारको समावेशीकरण्म भएको र लैंगिकमैत्री बजेट हुनुलाई र्लैंगिक बजेट भनिन्छ ।
(३) बेइजिङ महिला सम्मेलनले महिला विकास सम्बन्धि समानता, विकास र शान्ति गरी ३ सरोकारका क्षेत्रहरु पारित गरेको थियो ।
(४) सुशासनको माध्यमबाट विकास र आधुनिकिकरण गर्न सुशासन अवधारणको विकास भएको मानिन्छ ।
(A) १ र २ मात्र सहि (B) ३ र ४ मात्र सहि (C) १, २ र ३ मात्र सहि (D) १, २, ३ र ४ सबै सहि
४) नेपालमा सर्वप्रथम निजामती सेवा दिवस कहिले मनाइयो ?
(A) वि.सं. २०६१ भाद्र २२ गते (B) वि.सं. २०६२ भाद्र २२ गते
(C) वि.सं. २०६३ भाद्र २२ गते (D) वि.सं. २०६४ भाद्र २२ गते
५) तलकामकध्ये कुन कुन भनाई सहि छन् ? पत्ता लगाउनुहोस् ।
(१) स्थानीय निकाय निलम्बन भएपछि छानविन गरी कारवाही किनारा तीन महिनाभित्र लगाईसक्नु पर्दछ ।
(२) स्थानीय निकायहरुले विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ/संस्थासँग सम्पर्क राख्दा राष्ट्रपतिको पूर्व स्वीकृति लिनुपर्दछ ।
(A) १ मात्र सहि (B) १ र २ दुवै सहि (C) २ मात्र सहि (D) १, २ दुबै गलत
६) नेपालको संविधानको कुन धारामा राष्ट्रिय दलित आयोग सम्बन्धी व्यवस्था छ ?
(A) धारा २५४ (B) धारा २५५ (C) धारा २५६ (D) धारा २५७
७) नेपालको पहिलो कफि अनुसन्धान केन्द्र कहाँ स्थापना भएको थियो ?
(A) गुल्मीको आँपचौरमा (B) कास्कीको हेम्जामा (C) झापाको बुधबारे (D) गुल्मीको बलेटक्सारमा
८) २० वर्षे दीर्घकालिन कृषि विकास गुरु योजना (२०५२–२०७२)अनुसार नेपालमा प्रतिव्यक्ति खाद्यन्न उपलब्धता कति पु¥याउने लक्ष्य रहेको थियो ?
A) ३८५ कि.ग्रा. B) ४२६ कि.ग्रा. C) ४५७ कि.ग्रा. D) ५०५ कि.ग्रा.
९) Multi Fiber Agreement (MFA) केसँग सम्बन्धित छ ?
(A) जुटको धागो आयात (B) तयारी पोशाकमा कोटा प्रथा लागू
(C) बहुप्रतिक्षित व्यापार प्रणाली (D) कुनैपनि होइन
१०) सहि जोडा छान्नुहोस् ।
मध्यवर्ती क्षेत्र क्षेत्रफल
(१) चितवन राष्ट्रिय निकुञ्ज (क) १३४९ वर्ग कि.मि.
(२) बर्दिया राष्ट्रिय निकुञ्ज (ख) ७५० वर्ग कि.मि.
(३) लाङटाङ राष्ट्रिय निकुञ्ज (ग) ४२० वर्ग कि.मि.
(४) शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (घ) ५०७ वर्ग कि.मि.
(A) १–घ, २–ख, ३–ग, ४–क (B) १–ख, २–घ, ३–ग, ४–क (C) १–ख, २–ग, ३–घ, ४–क (D) १–ख, २–घ, ३–क, ४–ग
११) जलवायु परिवर्तनको कारण समुन्द्र सतहमा भएको देशहरु डुब्ने खतारा सम्बन्धमा विश्वको ध्यान आकर्षित गर्न माल्दिभ्सले कहिले पानीमुनि मन्त्रीपरिषद्को बैठक गरेको थियो ?
(A) सन् २००८ अक्टोबर १६ (B) सन् २००९ अक्टोबर १६
(C) सन् २०१० अक्टोबर १६ (D) सन् २०११ अक्टोबर १६
१२) मिस नेपाल वल्र्ड २०२० को उपाधि कसलाई प्रदान गरियो ?
A) नम्रता श्रेष्ठ B) अनुष्का श्रेष्ठ C) श्रृङ्खला खतिवडा D) सन्ध्या शर्मा
१३) संयुक्त राष्ट्र संघीय विकास तथा वातावरण आयोगको गठन कहिले भएको थियो ?
A) सन् १९८० B) सन् १९८१ C) सन् १९८२ D) सन् १९८३
१४) UNO को महासचिवको पदावधि कति वर्षको हुन्छ ?
(A) ४ (B) ५ (C) ६ (D) ७
१५) मिसेस नेपाल वल्र्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ?
A) दीक्षा केसी B) उषा रजक C) राजश्री थापा D) सविता नेपाल