चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 269 of 1153
  • 2026-11-22
  • 20:18:21
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ– आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम भएको छ। यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ १३ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय ४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ५८ पैसा तथा स्विस फ्र्यांक एकको खरिददर १ सय ९३ रुपैयाँ ६४ र बिक्रीदर १ सय ९४ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

News by कति छ आज विदेशी मुद्राको विनिमय दर ? :