काठमाडौँ– प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम भएको छ।
आज (बिहिवार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम भएको जानकारी दिएको हो ।
आयोगको काठमाडौँ कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरी तर्फको विज्ञापन नं.०६–०८२–८३ (खुला–समावेशी(, प्रहरी सहायक निरीक्षक (जनपद) पदमा श्री काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगंज, काठमाडौँबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको हो।
![]()
![]()