काठमाडौँ– आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम भएको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ १३ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय ४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ५८ पैसा तथा स्विस फ्र्यांक एकको खरिददर १ सय ९३ रुपैयाँ ६४ र बिक्रीदर १ सय ९४ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।