चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1093 of 1102
  • 2026-10-05
  • 21:45:07
  • सोमबार,आश्विन १९, २०८३

About Author

नुवाकोट बाढीपहिरो प्रभावितलाई सरकारले सहयोग गर्नुपर्छ : नेता केसी

काठमाडौं– नुवाकोटमा बाढीपहिरोबाट क्षति पुगेकोले प्रभावितलाई सरकारले सहयोग उपलब्ध गराउनुपर्ने नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले बताएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रको आज अवलोकन गरेपछि केसीले पक्की पुलहरू र खेतहरूमा क्षति पुगेको बताए। नुवाकोटको दुप्चेश्वर, राउततवेशी, तादी, सातबिसे, पञ्चकन्या, थप्रेक, आप्र, बाहुनबेशी, सिमारा फाँट, सूर्यमति, लिखु, ढिकुरे लगायतमा बाढीले क्षति पुगेको छ। केसीले छ वटा पुल, धानखेत लगायतमा बाढीपहिरोले क्षति पुर्‍याएको बताए। क्षतिको विवरण लिएर सरकारले सहयोग गर्नुपर्ने उनले बताए।

News by नुवाकोट बाढीपहिरो प्रभावितलाई सरकारले सहयोग गर्नुपर्छ : नेता केसी :