नुवाकोट बाढीपहिरो प्रभावितलाई सरकारले सहयोग गर्नुपर्छ : नेता केसी - Chaitanya News
  • 2026-04-19
  • 14:41:54
  • आइतबार,बैशाख ०६, २०८३
  • नुवाकोट बाढीपहिरो प्रभावितलाई सरकारले सहयोग गर्नुपर्छ : नेता केसी

    नुवाकोट बाढीपहिरो प्रभावितलाई सरकारले सहयोग गर्नुपर्छ : नेता केसी

    काठमाडौं– नुवाकोटमा बाढीपहिरोबाट क्षति पुगेकोले प्रभावितलाई सरकारले सहयोग उपलब्ध गराउनुपर्ने नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले बताएका छन्।

    बाढीपहिरो प्रभावित क्षेत्रको आज अवलोकन गरेपछि केसीले पक्की पुलहरू र खेतहरूमा क्षति पुगेको बताए।

    नुवाकोटको दुप्चेश्वर, राउततवेशी, तादी, सातबिसे, पञ्चकन्या, थप्रेक, आप्र, बाहुनबेशी, सिमारा फाँट, सूर्यमति, लिखु, ढिकुरे लगायतमा बाढीले क्षति पुगेको छ।

    केसीले छ वटा पुल, धानखेत लगायतमा बाढीपहिरोले क्षति पुर्‍याएको बताए। क्षतिको विवरण लिएर सरकारले सहयोग गर्नुपर्ने उनले बताए।