जापान भ्रमण निकै उपलब्धिमूलक भयो : प्रचण्ड - Chaitanya News
  • 2026-04-21
  • 17:12:44
  • मंगलबार,बैशाख ०८, २०८३
  • जापान भ्रमण निकै उपलब्धिमूलक भयो : प्रचण्ड

    जापान भ्रमण निकै उपलब्धिमूलक भयो : प्रचण्ड

    काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जापान भ्रमण निकै उपलब्धिमूलक भएको दाबी गरेका छन।

    पाँच दिने भ्रमण सकेर आज बुधवार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमण उपलब्धिमूलक रहेको र नेपाल–जापानको दुई पक्षीय सम्बन्ध विस्तार गर्ने हिसाबले भ्रमण सफल रहेको पनि बताए। उनले आउँदो मङ्सिर ४ गते हुन लागेको संसदीय चुनावमा पर्यवेक्षणका लागि जापानी संसदीय टोलीलाई नेपाल बोलाएको र टोलीले आउने आश्वासन दिएको जानकारी दिए।

    भ्रमणका क्रममा जापानी सरकारी टोली र पार्टीका नेताहरूसँग सूचना प्रविधि, कृषि, पर्यटन, फोहर व्यवस्थापन र जलविद्युतका विषयमा सहकार्य र सहयोग रहने विषयमा कुरा राखेको प्रचण्डले बताए।

    यसैबीच उनले हिजो जापानमै आफ्ना लागि राखिएको रात्रिभोजमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई पनि सहभागी भएको र त्यसले नेपालमा चुनावको बेलामा के सत्तापक्ष के प्रतिपक्ष भन्ने राम्रो सन्देश दिएको पनि बताए।