चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 49 of 1109
  • 2026-10-09
  • 00:33:33
  • बिहिबार,आश्विन २२, २०८३

About Author

रविको प्रधानमन्त्रीलाई आग्रह: ‘पीडितमाथि दुर्व्यवहार गर्नेलाई विज्ञप्तिले होइन, कारबाहीले जवाफ दिनुस्’

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्को पीडामा रहेका नागरिकमाथि अमानवीय तथा अपमानजनक टिप्पणी गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै लामिछानेले राज्यले पीडित नागरिकको पक्षमा उभिएको अनुभूति व्यवहारमै दिलाउनुपर्ने बताए। प्रधानमन्त्री वालेन्द्र शाहसमेत उपस्थित बैठकमा उनले पीडितमाथि दुर्व्यवहार गर्नेहरूविरुद्ध विज्ञप्ति जारी गरेर मात्र नपुग्ने भन्दै परिणाम देखिने गरी कारबाही गर्न सरकारलाई आग्रह गरे। उनले पीडित नागरिकको आक्रोश र पीडालाई लक्षित गर्दै सामाजिक सञ्जाल, सार्वजनिक स्थान वा अन्य माध्यमबाट तुच्छ टिप्पणी गर्ने प्रवृत्ति अस्वीकार्य रहेको बताए। ‘पीडामा रहेका नागरिकलाई कतैबाट अमानवीय दुर्व्यवहार हुन्छ भने त्यस्ता व्यक्तिमाथि हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन, राज्य निर्मम र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला,’ लामिछानेले भने। आफ्नै पार्टीका कार्यकर्तालाई पनि कडा निर्देशन लामिछानेले पीडित नागरिकलाई होच्याउने वा उनीहरूको आक्रोशको खिल्ली उडाउने काममा रास्वपाका नेता–कार्यकर्ता संलग्न हुन नहुने स्पष्ट पारे। सामाजिक सञ्जालदेखि चोकचौतारासम्म पीडितको भावनामा चोट पुग्ने गरी अभिव्यक्ति नदिन उनले पार्टी पंक्तिलाई निर्देशन दिए। पीडितको दुःखलाई अवमूल्यन गर्ने ‘अन्ध समर्थक’ पार्टीलाई आवश्यक नरहेको उनको भनाइ थियो। उनले पार्टीको नाममा पीडितविरुद्ध अमानवीय अभिव्यक्ति दिने व्यक्तिलाई संरक्षण नगर्ने स्पष्ट पारे। ‘पीडितमाथि टिप्पणी गर्ने पार्टी सदस्यलाई निष्कासन गर्छौँ’ लामिछानेले सामाजिक सञ्जालमा पीडितमाथि तुच्छ टिप्पणी गर्ने व्यक्ति रास्वपाको सदस्य रहेको पुष्टि भए साधारण सदस्यबाट समेत निष्कासन गर्ने चेतावनी दिए। उनका अनुसार पार्टी नागरिकको पीडा, सम्मान र न्यायको पक्षमा उभिनुपर्ने भएकाले पार्टीको सदस्य भएकै आधारमा कसैलाई पीडितमाथि अपमानजनक व्यवहार गर्ने छुट नहुनेछ। लामिछानेले सरकारलाई पनि यही संवेदनशीलता व्यवहारमा देखाउन आग्रह गर्दै विज्ञप्तिभन्दा माथि उठेर दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए।

News by रविको प्रधानमन्त्रीलाई आग्रह: ‘पीडितमाथि दुर्व्यवहार गर्नेलाई विज्ञप्तिले होइन, कारबाहीले जवाफ दिनुस्’ :