चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 758 of 1162
  • 2026-11-26
  • 17:20:37
  • बिहिबार,मंसिर ११, २०८३

About Author

विमानस्थल भन्सारका तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस

काठमाडौं- एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ। विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न लागि अर्थमा सिफारिस गरेको हो। सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको विभागले जनाएको छ। बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । विभागले सुन बरामदपछि दुई चिनिया नागरिकसहित सात जनालाई पक्राउ गरिसकेको छ।

News by विमानस्थल भन्सारका तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस :