नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च - Chaitanya News
  • 2026-05-26
  • 08:27:31
  • मंगलबार,जेठ १२, २०८३
  • नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

    नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो।

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।