चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 284 of 1153
  • 2026-11-22
  • 19:02:19
  • आइतबार,मंसिर ०७, २०८३

About Author

‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन

काठमाडौँ– स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतंक नियन्त्रणका विषयमा संसदमा उठाइने आवाज मात्र पर्याप्त नहुने भन्दै दीर्घकालीन वैज्ञानिक समाधान आवश्यक रहेको बताएका छन्। आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले करिब सात वर्षअघि देखि नै यो समस्याबारे अध्ययन र समाधान खोज्ने प्रयास गर्दै आएको भए पनि ठोस नतिजा प्राप्त हुन नसकेको उल्लेख गरे। पुनका अनुसार बाँदरको समस्या समाधानका लागि राष्ट्रिय स्तरमा अनुसन्धान आवश्यक भए पनि यसतर्फ पर्याप्त ध्यान नपुगेको छ। उनले विगतमा राष्ट्रिय आविष्कार केन्द्रमार्फत यस विषयमा अनुसन्धानका लागि करिब ५० देखि ६० लाख रुपैयाँसम्मको प्रयास गरिएको भए पनि अपेक्षित उपलब्धि हासिल नभएको बताए। उनले स्थानीय तहलाई समेत सहभागी गराएर प्रत्येक गाउँपालिकाबाट न्यूनतम योगदान संकलन गरी अनुसन्धान अघि बढाउन सकिने प्रस्ताव आफूले पहिले नै राखिसकेको स्मरण गराए। तर, केवल संसदीय बहस वा आवाज उठाएर मात्र समस्या समाधान नहुने उनको भनाइ थियो। सांसद पुनले प्रविधिको विकासका दृष्टिले रकेट निर्माणजस्ता जटिल कार्य सम्भव भए पनि वन्यजन्तु नियन्त्रण, विशेष गरी बाँदर व्यवस्थापनका लागि प्रभावकारी प्रविधि विश्वमै पर्याप्त रूपमा विकास नभएको धारणा व्यक्त गरे। उनका अनुसार यस विषयमा ठोस समाधानका लागि राज्यले बजेट विनियोजन गरी व्यवस्थित अनुसन्धान प्रक्रिया अघि बढाउनु आवश्यक छ।

News by ‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन :