अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-21
  • 14:29:28
  • बिहिबार,जेठ ०७, २०८३
  • अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– वरिष्ठ प्रशासकीय अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज बिहीबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जनाएको हो।

    नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १००–२०७९–८० प्रशासन तथा लेखा सेवा–समूह, ‌प्रशासन उपसमूह, ए–७ तहको बरिष्ठ प्रशासकीय अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    यसैगरी, नम्बर १७८/२०७९/८० प्राविधिक सेवा/समूह, ‌एनिमल ब्रिडिङ्ग एण्ड जेनेटिक्स उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

    हेर्नुहोस् सूचना :

    यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १६१/२०७९/८० प्राविधिक सेवा/समूह, ‌फुड टेक्नोलोजी उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।

    यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १६०/२०७९/८० प्राविधिक सेवा/समूह, ‌भेटेरिनरी उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।